प्रभु बैंकको १९६औँ शाखा चितवनको कुरिनटारमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

साे बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्गले गरेकी हुन् । बैंकको कुरिनटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री