बोर्नमाउथले टोटनह्यामलाई उछिन्यो, म्यानचेस्टर सिटीसँग अंक बराबरी

काठमाडाैँ । बोर्नमाउथ इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्नमाउथले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको बोर्नमाउथले दोस्रो हाफमा थप एक गोल गर्‍यो र एक गोल खायो ।

१० औँ मिनेटमा नाथन एकेको गोलबाट बोर्नमाउथले सुरुवाति अग्रता लियो । ३५ औँ मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि टिमले पहिलो हाफमा २–० को अग्रता लियो । ५३ औँ मिनेटमा जेम्स वार्ड–प्रोवसीले ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा साउथह्याम्पटनका लागि एक गोल फर्काए ।

इन्जुरी समयको पाँचौँ मिनेटमा क्यालम विल्सनले गोल गरेपछि बोर्नमाउथले ३–१ को जित निश्चित गरेको हो । जितपछि ६ खेलबाट १० अंक जोडेको बोर्नमाउथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले टोटनह्यामलाई दुई अंकले पछि पारेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग उसले अंक बराबरी गरेको छ । सात अंकसहित साउथह्याम्पटन ११ औँ स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस