राष्ट्रिय बीमा संस्थानकाे एप लञ्च, बीमाबारे जानकारी लिन सकिने

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले संविधान दिवसको अवसर पारेर बीमा सम्बन्धी जानकारी मूलक एप लञ्च गरेको छ । कम्पनीले बीमा क्षेत्रलाई प्रविधि मैत्री बनाउने उदेश्यले शुक्रबार आफ्नै कार्यालयमा उक्त एप लञ्च गरेको हो ।

एप लञ्च कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका अध्यक्ष धनीराम शर्माले प्रविधि आजको आवश्यकता भएकाले एप ल्याएको बताए । उनले भने–‘प्रयोगकर्ताको सल्लाह अनुसार काम गर्ने छौँ ।’ यसैगरी उक्त कार्यक्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकको जेठो कम्पनी भएपनि सफ्टवेर अभावमा काम गर्दै आएको र अब एप मार्फत डिजिटल बन्ने सुरुवात गरेको बताए ।

प्ले स्टोरबाट एप डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो पोलिसी नम्बर एपमा राख्न जरुरी हुन्छ । त्यस्तै, पासवर्ड समेत थिचेर लगइन गरे पश्चात बीमितले एपमा प्रवेश गर्न पाउछन् । एपबाट पोलिसी, पेमेण्ट हिस्ट्री तथा डिउ पेमेण्टका बारेमा जानकारी लिन सकिन्छ ।

एपमा बिमितले बैक खाता समेत समावेश गर्न आवश्यक हुन्छ । हाल सीमित बैँक मात्र एपमा आवद्ध भएपनि निकट भविष्यमा अन्य बैँक समेत आवद्ध गराउने राष्ट्रिय बीमा संस्थान जनाएको छ । नेपाल बैँक र राष्ट्रिय वाणिज्य बैँक संस्थानको एपमा समावेस गरेकाले देशैभरका नागरिकले लाभ दिन सक्ने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस

This will auto close after