यूरोपा लिग : इंग्लिश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी

काठमाडौं । यूरोपा लिग फुटबलमा इंग्लिश क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।

लण्डन क्लब आर्सनलले गएराति जर्मनीको आइन्त्राच फ्राङ्कफर्टलाई ३–० ले हरायो । जर्मनीमा भएको खेलमा आर्सनललाई विजयी गराउन जोसेफ विलक, बकायो साका र पिएरे एमरिक औबामायङ्गले एक–एक गोल गरे ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले काजखस्तानको एफसी एस्टानामाथि १–० को जित निकाल्यो । आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई साँघुरो जित दिलाउन मेसन ग्रिनउडले निर्णायक गोल गरे ।

अर्को इंग्लिश क्लब वुल्भरह्याम्पटन भने यूरोपा लिगको पहिलो खेलमै पराजित भयो । उसलाई पोर्चुगलको स्पोर्टिङ ब्रागाले १–० ले हराएको हो ।

यूरोपा लिग फुटबलका अन्य खेलहरुमा स्पेनको सेभिया र गेटाफे, स्कटल्याण्डको रेन्जर्स, युक्रेनको डाइनामो किभ, स्विटजरल्याण्डको एफसी बाजल र डेनमार्कको एफसी कोपनहेगन पनि विजयी भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस