काठमाडौं । सरकारले आज (शुक्रबार) काठमाडौं उपत्यकामा रहेका विभिन्न संग्रहालयमा निःशुल्क प्रवेश दिने भएको छ । संविधान दिवसको अवसरमा शुक्रबार एक दिन हनुमानढोका, पाटन र भक्तपुरमा रहेको राष्ट्रिय संग्रहालयमा निःशुल्क प्रवेश गर्न दिने निर्णय गरेको हो ।
सरकारले २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ भने संग्रहालयमा प्रवेश निःशुल्क गरेको हो । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संविधान दिवसका दिन पारेर निःशुल्क प्रवेश दिने निर्णय भएको बताए । ‘हनुमानढोका, पाटन र राष्ट्रिय कला संग्रहालय प्रवेशमा शुक्रबार शुल्क लिइने छैन ।’ उनले भने ।
हनुमानढोका, राष्ट्रिय कला तथा पाटन संग्रहालय प्रवेश गर्न नेपालीका बढीमा सय रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । पाटन छिर्नका लागि विदेशका लागि १ हजार, सार्क राष्ट्रका लागि २ सय ५० तथा नेपालीका लागि ३० रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ लिने गरिएको छ ।
प्रतिकृया दिनुहॊस