इन्टरनेशनल सिमेन्टकाे डिलरलाइ सम्मान

भक्तपुर । इन्टरनेसनल सिमेंट्स प्रा. लि. ले भक्तपुरका डिलर्सहरुको लागि सम्मान कार्यक्रम आयोजना गरेको छ | यस सम्मान कार्यक्रममा इन्टरनेसनल सिमेंट्स प्रा. लि. का ब्रान्ड एम्बेसडर  नायक राजेश हमाल पनि उपस्थित हुनु भएको थियो | ओम सिमेन्ट छोटो समयमा उच्च गुणस्तर को सिमेन्ट बजारमा ल्याएर आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल भएको छ |

भक्तपुरको ग्रीनल्याण्ड होटेलमा आयोजित डिलर्स रिफ्रेसमेंट कार्यक्रममा इन्टरनेसनल सिमेंट्स प्रा. लि. का प्रबन्ध निर्देशक दिपक अग्रवालले ओम सिमेन्टको बजार हिस्सा बिस्तारमा सहयोग गर्ने बिक्रेताहरुलाइ धन्यबाद दिदै कम्पनि सधै ग्राहक तथा बिक्रेता को सन्तुष्टि तथा आफ्नो सिमेन्ट को उच्च गुणस्तर प्रति प्रतिबध्ध रहेको जानकारी गराउनुभयो  |

कम्पनिका ब्रान्ड एम्बेसडर राजेश  हमालले  बजारमा विभिन्न ब्रान्डको सिमेन्ट भएकोमा ओम सिमेन्टले जस्तै  सबै कम्पनिले सिमेन्टको गुणस्तरमा ध्यान दिनुपर्ने  कुरा उल्लेख  गर्दै आफु ओम सिमेन्टको ब्रान्ड एम्बेसेडर भएकोमा खुशी ब्यक्त गर्नुभयो |

कम्पनिका निर्देशक राजन झाले  धन्यबाद ज्ञापन गर्दै छोटो समयमा ओम सिमेन्टप्रति ग्राहक तथा बिक्रेताले  देखाउनुभएको बिश्वाश लाई आगामी दिनमा अझ बढी मजबूत बनाउने प्रतिबध्ता ब्यक्त गर्दै आगामी दिन  कम्पनिले बजार विस्तारमा ध्यान दिने बताउनुभयो |

इन्टरनेसनल सिमेंट्स प्रा. लि. ग्रुपकै अर्को कम्पनि जोन्सन इन्टरनेसनल को बाथवेयर प्रोडक्ट को पनि उक्त कार्यक्रममा प्रदर्शन गरिएको थियो । नेपालको आइ एस ओ  ९००१:२०१५ प्रमाणित  एक मात्र अन्तरराष्ट्रिय  गुणस्तरको  बाथवेयर प्रोडक्ट उत्पादन गर्ने जोन्सन इन्टरनेसनल कि ब्रान्ड एम्बेसेडर चर्चित नायिका केकी अधिकारी को पनि उपस्थिति रहेको सो कार्यक्रम मा केकी अधिकारीले अन्तरराष्ट्रिय  गुणस्तरको  बाथवेयर प्रोडक्ट उत्पादन गर्ने जोन्सन इन्टरनेसनल कि ब्रान्ड एम्बेसेडर हुनु गर्वको कुरा भएको उल्लेख गर्दै यस्ता किसिमका उत्पादनले आयातलाइ निरुत्साहित गर्दै रास्ट्रको ब्यापार घाटा पनि कम गर्ने उल्लेख गर्नु भयो |

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस