अमेरिकी डलरको भाउ घट्यो, कतार, मलेसियाको मुद्रा भने स्थिर

काठमाडौं। पछिल्लो १२ दिनमा अमेरिकी डलरको भाउ २ रुपैयाँ ३८ पैसाले घटेको छ। आइतबार एक डलरको भाउ ११३ रुपैयाँ ७७ पैसा कायम भएको छ। १२ दिनअघि डलरको भाउ ११६ रुपैयाँ १५ पैसा पुगेको थियो।

त्यसयता डलरको भाउ क्रमिक रुपमा घट्न थालेको छ। डलरको भाउ २ प्रतिशत भन्दा बढिले झरेको हो। डलरको भाउ घट्दा आयात ब्यापारमा केही सहज हुन्छ। दसैंको मुखमा डलरको भाउ बढिरहँदा आयातित बालबस्तु महँगो पर्न जान्छ। रेमिटेन्स पठाउनेलाई भने डलर घट्दा घाटा हुन्छ।

युरो स्थिर देखिएको छ भने अस्ट्रेलियन डलर केही बढेको छ। कतार, मलेसियाको मुद्रा पनि स्थिर छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ। किनभने नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिनिमय दर (१०० भारु बराबर १६० नेपाली रुपैयाँ) छ। भारुमा आउने तरङले नेपाली रुपैयाँलाई पनि असर पार्ने गर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस