पहिरोले १० घर विस्थापित, २० घर जोखिममा

सिन्धुपाल्चोक  । बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० परिवार विस्थापित भएका छन् ।

अरु २० घर उच्च जोखिममा परेका छन् । माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदीले कटान गरिरहेकाले १० परिवार विस्थापित र २० परिवार जोखिममा परेको स्थानीयबासिन्दाले बताएका छन् ।

पहिरोसँगै खसेकोे ढुङ्गा घरभन्दा केही माथि अड्किेपछि सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार घर छोडेर तातोपानीमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए ।

सडक खनेपछि बाढी पहिरोको जोखिम झन् बढेको वडासदस्य तेजबहादुर तामाङले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस