साँखु प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

काठमाडौं । साँखु प्रहरीले घुस दिन खोज्ने चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँखु–रत्नपार्क चल्ने बसका चालक सुकुराम तामाङ रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले साँखु नगरपालिका–६ स्थित सडकमा २७ गते राती १० बजे चेकिङ गरिरहेको अवस्थामा मापसे गरेर बस चलाएका तामाङले प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोजेका थिए ।

मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै  चेकिङमा खटिएका प्रहरीलाई ५०० रुपैयाँ घुस रकम दिन खोजको प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले रातोपाटीलाई जानकारी दिए ।

सार्वजनिक यातायातमा मादक पदार्थ सेवन गरेर बस चलाउने र प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने जो कोहीलाई पनि नछाड्ने इन्सपेक्टरको पन्थीको भनाइ छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस