काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका छेर्लाबाङमा गएराति गएको भिषण पहिरोमा ६ जना पुरिएका छन्। तीमध्ये २ जनाको लाश फेला परेको छ भने ४ जना बेपत्ता भएका छन्।
पहिरोमा ६ पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएस्पी चित्रबहादुर गुरुङले बताए। पुरिएका ६ जनामध्ये २ जनाको शव फेला परेको छ। ४ जना भने हराइरहेको डिएसपी गुरुङले बताए। छेर्लाबाङ एक हप्तादेखि पानी परिहेको थियो।
निरन्तर पानी परेसँगै बिहीबार राति पहिरो गएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ। पहिरोका कारण छेर्लाबाङको बस्ती नै जोखिममा परेको छ। अहिले स्थानीय र प्रहरी भएर उद्दारको काम भइरहेको डिएसपी गुरुङले बताए।क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।
तपाईंको प्रतिकृया




