सिटिजन्स बैंकको साधारणसभा असोज १० गते

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडको वार्षिक साधारणसभा असोज १० गते हुने बैंकले जानकारी दिएको छ । बैंक सञ्चालक समितिको बैठकले असोज १० गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस हुने भएको छ । बैंकले घोषित १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभामा बैंकका ४ जना सञ्चालकहरुको निर्वाचन  पनि हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री