एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा छुट

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग समझदारी गरेको छ । पोखरा लेकसाइडको होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो ।

एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १०% सम्म छुट पाउने  भएका छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई  केन्द्रित गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि  छन् यो बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको वताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस