काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले बर्न्लेमाथि ३–० को जित निकाल्यो ।
लिभरपुललाई विजयी गराउन सादियो माने र रोबर्टो फर्मीनोले एक एक गोल गर्दा बर्नलेका क्रिस उडले एक आत्माघाति गोल गरे ।प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ४–० ले हरायो ।
सिटीको जितमा सर्जियो अगुएरोले दुई गोल गर्दा केभिन डे ब्रायन र डेभिड सिल्भाले एक एक गोल थपे । गएराति चेल्सी र म्यान्चेस्टर युनाईटेड भने आ–आफ्ना खेलमा बराबरीमा रोकिए ।
म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्पटनले १–१ गोलको बराबरीमा रोक्दा चेल्सीलाई शेफिल्ड युनाईटेडले २–२ गोलको बराबरीमा रोक्यो । यस्तै अन्य खेलहरुमा लेष्टर सिटीले बर्नमाउथलाई ३–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले नरिच सिटीमाथि २–० को जित निकाल्यो ।
त्यसैगरी क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा न्युकासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेलेका छन् ।



