सिभिल बैंकद्धारा विद्यालयको छत मर्मत गर्न सहयोग

काठमाडौँ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी हुनु भइ रु. एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जित्नु भयो ।

सो रकममा थप गरी जम्मा रु तीनलाख पुर्याई गतवर्ष आएको हावाहुरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने बाचा पूरा गरिएको छ ।

बिहीबार एक कार्यक्रमका बीच पर्सा, खुतुवा परसौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको हो । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग युवराज गुरागाईंले विद्यालयका प्रधानाध्यापक रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुर बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds