उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ नपा वडा नं.७ इटहरा रोड स्थित उर्लावारी शाखा र इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds