काठमाडौं । सामुदायिक लघुवित्र वित्तीय संस्थाले ३६.२६% लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ३४.४५% बोनस र यसमा लाग्ने कर तिर्न १.८१% नगद लाभांश दिने भएको छ ।
यसर्थ, कम्पनीले ३ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने १८ लाख १० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । यस्तै, कम्पनीको सोही बैठकले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५०% हकप्रद ल्याउने निर्णय पनि गरेको छ । हाल सामुदायिकको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १३ करोड ४४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले यही पुँजीबाट ५०% हकप्रद ल्याउन लागेको हो । हकप्रदपछि पुँजी २० करोड १६ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म सामुदायिकले २ करोड ४४ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४४ पैसा छ ।
प्रतिकृया दिनुहॊस