मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम पराजित

काठमाडौं । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाली फुटबल क्लबसंगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार बेलुकी मलेसियन लिग च्याम्पियन जोहोर डारुल टाजिम एफसीसंग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम १–० गोल अन्तरले पराजित भएको हो ।

सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफको तेस्रो मिनेटमै पछाडी पर्‍यो। डिबक्स बाहिर फ्रिकिक पाएको जोहोरका निकोलस अवर्टोले गोल गर्न सफल भएका थिए । प्रशिक्षक जोहान कालिनले बिमल घर्तिमगरलाई एक्लो फरवार्डको रुपमा मैदान उतार्दै मिडफिल्डमा जोड दिएका थिए । तर नेपाली टिमले मलेसियन क्लबविरुद्द जित निकाल्न भने सकेन ।

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री