करिब नौ घण्टापछि ग्यास उद्योगको आगलागी नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी करिब नौ घण्टापछि  निभेको छ ।ग्यास उद्योगमा लागेको आगो  लामो समयमा आफैं निभ्न पुगेको प्रहरीले जनाएको छ ।
आगलागीबाट उद्योगमा रहेको ४ वटा बुलेटसहितको ग्यास ट्यांकर ,२ वटा पिकअप गाडि, जेनेरेटर लगायत सम्पूर्ण भौतिक सरंचनाहरू जलेर नष्ट भएका छन्।

आगलागीमा दुई जना आगो नियन्त्रकहरूको मृत्यु भएको छ भने तीन जना घाइते रहेका छन्। घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

ग्यास भण्डारण ट्याङ्कीबाट ग्यास लिक भई आगलागी सुरू भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्निनियन्त्रक दमकल समेत जलेको छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।

प्रतिकृया दिनुहॊस