काठमाडौं ।राष्ट्रियसभाको निर्वाचन सम्बन्धी विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नका लागि शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले अध्यादेश जस्ताको त्यस्तै जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेका बेला वाम गठबन्धनका नेतासँग राष्ट्रपतिले छलफल गर्न चाहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कांग्रेस र एमाले बिच राष्ट्रियसभाको निर्वाचनको विषयलाई लिएर मतमतान्तर उब्जिएको छ ।एमालेले भने बहुमतीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने अडान राखेको छ ।
प्रतिकृया दिनुहॊस