इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाईटेड पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड अप्रत्यासित हारको सिकार हुँदा चेल्सीले संघर्षपूर्ण जित निकालेकाे छ। युनाईटेडविरुद्ध क्रिस्टल प्यालेसले अक्तिरित्त समयमा गरेको गोल निर्णायक हुँदा युनाईटेड स्तब्ध बन्यो। युनाईटेडको घरेलु मैदानमा क्रिस्टल प्यालेसले १९८९ पछि पहिलो जित आत्मासाथ गर्न सफल रह्यो।

अक्तिरिक्त समयको तेस्रो मिनेटमा प्याट्रिक भान अनहोल्टले काउन्टर याट्याकमा सुन्तर गोल गरेपछि युनाईटेड स्तब्ध बन्यो। त्यसअघि खेलको सुरुवाती अग्रता पनि क्रिस्टल प्यालेसले लिएको थियो। प्यालेसले जोर्डन अविले ३२ औं मिनेटमा प्यालेसका लागि पहिलो गोल गरे। खेलमा फर्कने क्रममा निर्धारित समयको एक मिनेट बाँकी रहँदा जेम्सले बराबरी गोल फर्काए।

खेलकाे अक्तिरिक्त समयमा युनाईटेड गुमाउन बाध्य भयो। त्यसअघि मार्कुस रासफोर्डले पेनल्टीको मौका चुकाएका थिए। उनले गरेको पेनल्टी प्रहार पोलमा लागेर बाहिरिंदा युनाईटेड समर्थक निरास बनेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री