ब्राजिलको अमेजनमा आगलागी : अन्तर्राष्ट्रिय समुदायकाे गम्भीर चासो

ब्राजिल । ब्राजिलको अमेजन रेनफरेस्टमा अत्याधिक मात्रामा भइरहेको आगलागीप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेजन रेनफरेस्टमा लागेको डढेलो अन्तर्राष्ट्रिय संकट या विपद रहेको बताएका छन् ।

जी सेभेन राष्ट्रको सम्मेलनअघि उनले अमेजन जंगलमा लागेको डढेलो विश्वव्यापी चिन्ताको विषय रहेको र यो सम्मेलनको एजेण्डा बन्नु पर्ने बताएका छन् । उनले ट्वीट गरेका छन्, ‘आवर हाउस इज बर्निङ्ग (हाम्रो घर जलिरहेको छ)’ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो सरकार वार्ताका लागि तयार रहेको बताएका छन् । तर ब्राजिल सहभागी नभएको जी सेभेनमा यसबारे छलफल गर्नु अधिनायकवादी मानसिकताको उपज हुने बताएका छन् ।

बोल्सोनारोले अमेजन जंगलमा लागेको डढेलोका बारेमा भइरहेको अघिक छलफलमा एनजिओको हात रहेको आरोप लगाएका थिए । तीव्र गतिमा फडानी अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस