इन्डोनेसियामा प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन

एजेन्सी । इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएको समाचारमा जनाइएको छ ।

आन्दोलनकारीले शान्तिपूर्ण र्‍याली गर्ने तयारी गरेपछि थप सुरक्षाकर्मी परिचालन गरीएको हो । सरकार विरोधी गतिविधिहरु बढ्न थालेपछि इन्डोनेसिया सरकारले इन्टरनेट सुविधा कटौती गर्न थालेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री