काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टीको सुविधा दिने भएको छ ।
बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
यस अन्तर्गत बैंकले १ करोड ५० लाखको बैंक ग्यारेन्टी तल उल्लेखित बमोजिम पाँच बर्षको लागि जारी गर्नेछ । जसमा नगद मार्जिन २० लाखको हुनेछ भने कमिशन ४ लाखको हुनेछ ।
साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी गराएको छ । सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिकृया दिनुहॊस