सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

काठमाडौं । सिभिल बैंकले सोमबार देखि १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ५ जना संस्थापक सेयरधनीको सेयर जोडेर एकैपटक लिलामी बिक्री खुला गरेको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी दिएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धकका अनुसार संस्थापक समूहको यो सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ १७ गते बिहान ११ बजे सिभिल क्यापिटलको कार्यालय सुन्धारामा ११ बजे खोलिनेछ ।  असार मसान्तसम्म सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७५–७६ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७६ करोड ४ लाख ७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५ पैसा रहेको सिभिलको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९८ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds