बलात्कारको आरोपमा २ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।  प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेस ऐर रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको हो । युवतीलाई जबरजस्ती करणी गर्ने दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनसिंह साउँदले बताए। उनका अनुसार घटनामा ५ जनाको संलग्नता थियो ।

‘घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ,’ उनले भने,‘ पक्राउ परेका व्यक्तिको साथबाट एक मोटरसाईकल र एक खुकुरी समेत बरामद गरेका छौं।’ पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री