गरिमाको नाफा ५९ करोड २२ लाख, प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ

काठमाडौं । गरिमा विकास बैंकले गत आवमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा अार्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत आवमा कमाएको नाफा २६.३२ प्रतिशतले बढी हो ।

गरिमा बैंकले गएको आवमा खुद ब्याज आम्दानी एक अर्ब ४० करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८५ करोड ६६ लाख रहेको छ ।‍ असार मसान्तसम्ममा बैंकले ३३‍ .१३ अर्ब  निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ भने बैंकको खराब कर्जा ०.७५ प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ ।

उक्त बिकास बैंककाे चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ५९ करोड रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २२४ रूपैयाँ छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after