तीज गीत ‘आउ सङ्गी’ सार्वजनिक (भिडियाे)

काठमाडौं । गीतकार तारा अधिकारीको तीज गीत ‘आउ सङ्गी’ सार्वजनिक भएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ ।

सुमन केसीको संगीत संयोजन रहेको गीतको  भिडियोमा सागर लोप्चन, दीपशिखा अधिकारी लगायतले कम्मर मर्काएका छन् ।  रामेश्वर हुँमागाइको छाँयाकन रहेको भिडियोमा सिता राईको कोरियाग्राफी छ भने सम्पादन नहकुल खड्काले गरेका हुन् ।

https://www.youtube.com/watch?v=67979w1nvVY

 

तपाईंको प्रतिकृया

लेखकबाट थप