राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौँ । प्रारम्भिक कक्षाका विद्यार्थीको सिकाइमा केन्द्रित रही शिक्षाको गुणस्तर सुधार गर्ने मुख्य लक्ष्यका साथ ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ विभिन्न १६ जिल्लामा सञ्चालन भईरहेको छ । यो कार्यक्रम लागू भएका जिल्लामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ सीपमा पनि सुधार देखिन थालेको छ । ‘राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम’ धनकुटा, पर्सा, बर्दिया, भक्तपुर लगायतका जिल्लामा सञ्चालन भइरहेको छ ।

पाठ्यपुस्तकको सान्दर्भिकतामा समयानुकुल परिर्माजनको आवश्यकता महसुस गरिरहँदा बालबालिकाको मनोविज्ञान बुझेर पढाउन सिकाउने यो तरिका सरकारी विद्यालयमा प्रभावकारी बन्दै गएको छ । बाल बालिकाको सिकाईको स्तर बढेको शिक्षकहरुले बताएका छन् । धनकुटा भीरगाउँमा रहेको टंक माध्यमिक विद्यालयमा पनि यो कक्षा सञ्चालन गरेसँगै विद्यार्थीमा पढाईप्रतिको रुचि बढेको छ ।

रमाइलो पढाई, दिगो सिकाईको उद्देश्य राखेर तीनवर्ष अघिबाट यो राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम लागू भएसँगै विद्यार्थीको पठन सीपमा विकास भएको धनकुटा नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर थापाले बताए । धनकुटाका दुई सय ९१ विद्यालयमा यो कार्यक्रम लागू गरिएको छ । ९४ वटा विद्यालयलाई नमुनाका रुपमा छानेर कक्षा कोठा व्यवस्थापनका लागि दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री