ढिस्कोबाट लड्दा युवकको मृत्यु

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाको धारापानीमा ढिस्कोबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।  वडा नम्बर ३ का  २३ वर्षीय शिशिर भाट शुक्रबार घर नजिकैको ढिस्कोमा सुकेको बाँसमा आड लिएर उभिँदा ढिस्कोबाट तल खसेका थिए।

करिब १० मिटर तल बाटो छेउको पक्की नालीमा  खस्दा भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।  भाटको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस