रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । रुसमा रकेट बिस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा भएका छन् । रुसको राष्ट्रिय परमाणु कम्पनी रोस्ताकमले समुद्री या जल सेनाको टेस्ट रेन्जमा रकेट बिस्फोट भएको बिबिसीले जनाएको छ । रेकट इन्जिनको परीक्षणको क्रममा दुर्घटना भएको बताइएको छ ।

बिस्फोटमा परी घाइते भएका तीन जना कम्पनीमै कार्यरत कर्मचारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सरकारी अधिकारीले सुरुमा नियोन्स्कामा रहेको परमाणु केन्द्रमा भएको बिस्फोटमा दुई जनाको मृत्यु भएको र ६ जना घाइते रहेको बताएका थिए ।

बिस्फोट भएका बेला रेकट रहेको क्षेत्रमा इन्जिनियर तथा प्राविधिक विभागको टिमले काम गरिरहेको थियो । रुसी नौसेनाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल तथा एन्टी एयरक्राफ्ट मिसाइल प्रक्षेपण गर्न प्रयोग गर्दै आएको नियोन्स्कामा बिस्फोट भएको हो ।(एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस