त्रिशूली नदीमा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ

घाइतेहरु सर्लाही जिल्ला गमहरिया नपा.८ बस्ने ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर.७ बस्ने ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा.७ बस्ने १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ल्ला हरिपुर नपा.९ बस्ने अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा.६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा.४ बस्ने ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना.४ बस्ने ४२ वर्षीय भिरेन्द्र ठाकुर ,भारत सीतामणि घर हुने ४० वर्षीय धिरेन्द्र ठाकुर, जिल्ला सर्लाही कविलास गापा.४ बस्ने अं ३२ वर्षीय विजय यादव, जिल्ला सर्लाही हरिपुर गापा.४ बस्ने २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही जिल्ला मलङ्गवा नपा.११ बस्ने १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही जिल्ला विष्णु गापा.५ बस्ने २१ वर्षीय कुश रन्जम महतो, सर्लाही जिल्ला ब्रह्मपुरी बस्ने १६ वर्षीया श्वेता रौनियार, सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक ४० वर्षीय जीवन विक, सर्लाही जिल्ला ब्रह्मपुरी.६ बस्ने २२ वर्षीय राकेश बैठा र अन्य दुई जनाको नाम खुलेको छैन ।

सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । यात्रु बसमा मलङ्गवाबाट ३९ यात्रु र हरिपुरबाट दुई यात्रु चढेको यातायात समितिले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कार्यादेश टुंगो लगाउँदै कार्यदल, कांग्रेसबाट थपिए कार्की

काठमाडौं । कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।

प्रतिकृया दिनुहॊस