भक्तपुरमा व्यावसायिक कालिज पालन शुरु

भक्तपुर । कालिज, यो नाम सुन्दै तपाईलाई गाँउ घरको जंगलमा पाइने एउटा पंक्षीको याद आउँछ । तपाईले कालिज नेपालको धेरै जंगलहरुमा देख्नु पनि भएको होला ।

तर सरकारले ल्याएको नयाँ कानुनसँगै शहर बजारमा समेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ । हो कालिजको ब्यवासायिक उत्पादन भक्तपुरको सिपाडोलमा  पहिलो पटक शुरु गरिएको छ ।

सूर्यबिनायक नगरपालिका.८ सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले पहिलो पटक सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन शुरु गरेको हो ।

११ वर्ष कतारमा रोजगारीको सिलसिलामा बसेर आएका सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले शुरुमा होटल व्यवसाय गरेता पनि हाल आएर पिताका सल्लाह र अन्य दुई साथिको सहकार्यमा कालिज उत्पादन गर्न थालेको बताए । उनले हाललाई ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए ।

यूरोपबाट ल्याएका ४ हजार अण्डा ल्याई ह्याचारीमा उत्पादन गर्न दिइएको र चल्ला उत्पादनपछि यहाँ ४ हजार भन्दा बढी हुने उनले जानकारी दिए ।

८ रोपनी जग्गा भाडा र २ रोपनी जग्गा आफ्नै गरी १० रोपनी क्षेत्रफलको जग्गामा हाल करीब १५ लाख लगानीमा कालिजपालन व्यवसाय शुरु गरिएको उक्त कालिज उत्पादन जेठदेखि शुरु गरिएको कालिज मंसिरमा खानयोग्य हुने जानकारी दिए ।

करीब ६ महीना पालेपछि मात्र कालिज खानलाई योग्य हुने समेत उनले जानकारी दिए ।

एक दिने चल्लालाई प्रति गोटा २ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको कालिज बजारसम्म पुग्दा ३ हजार ५ सय देखि ४ हजारसम्ममा बिक्री गर्न सकिने आशिषले जानकारी दिए ।

भक्तपुरमा पनि यसको व्यावसायिक व्यवसाय गर्न सकिन्छ भनेर यो व्यवसायमा लागेको आशिषले बताए । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन ।

दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ । यो नयाँ व्यावसायिक व्यवसाय सञ्चालनले नयाँ किसानहरुको लागि उत्प्रेरक भूमिका खेल्नेछ

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस