बागलुङमा पर्यटन प्रवद्र्धनका लागि ९ सदस्यीय उपसमिती गठन

बागलुङ । जिल्ला पर्यटन बोर्ड बागलुङको बर्ष २०१९ देखी २०२२ को पर्यटन प्रर्वद्वन कार्यक्रमलाई प्रभावकारी बनाउन उपसमिती गठन गरिएको छ । बरेङ गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको संयोजकत्वमा ९ सदस्यीय स्थानीय उपसमिती गठन गरिएको हो ।

उप समितिको सदस्यहरुमा उपाध्यक्ष डिलकुमारी पुन, वडा न १ का वडा अध्यक्ष नरसेङ पुन, वडा न ४ वडा अध्यक्ष लिल बहादुर खत्री, वडा न ५ वडा अध्यक्ष अमरबहादुर शेरपुर्जा, सिग्दी होम स्टेका अध्यक्ष हिराबहादुर पुन, साग्दी सत्यवती सचिव हर्कबहादुर बुढाथोकी, होटल व्यवसायी दुर्गा कार्की र सदस्य सचिवमा बरेङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेल रहेका छन् ।

उप समितिले गाउँपालिकाको पर्यटन गुरुयोजना बनिसकेको सन्र्दभमा बनिसकेको गुरुयोजनालाई प्राथमिकता दिई पहिचान गरिएका पर्यटकीय स्थलहरुलाई स्तरोन्नति गर्न काम गर्नेछ । यस्तै पर्यटन बर्ष २०२० तथा प्रदेश सरकारको पर्यटन बर्ष २०१९ देखी २०२२ सँग समन्वय गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बिभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री