वैदेशिक रोजगारीबाट फर्केकमा युवालाई दिने कर्जाको जिम्मा सरकारले लिने

काठमाडौँ । कर्जा सुरक्षाको जिम्मा सरकारले लिने भन्दै वैदेशिक रोजगारबाट फर्केका युवालाई कर्जा प्रवाहमा ढिलाई नगरी दिन सरकारले बैंकलाई सचेत गराएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवाको ज्ञान, अनुभव र सिपलाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउने नीति लिएकाले कर्जा प्रवाहमा ढिलाई नगर्न बैंकलाई सचेत गराए । तर नेपाल बैंकर्स संघले भने सरकारले कर्जाको सुरक्षण गर्ने कार्यविधि तय नगरेकाले वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई कर्जा प्रवाह गर्न समस्या भइरहेको स्पष्ट पारेको छ ।

साढे पाँच वर्षसम्म कर्जा सुरक्षण हुने गरी कार्यविधि तय सरकारले नगरेकै कारण वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न समस्या भइरहेको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषदकै अग्रसरतामा आयोजित कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका नेपालीको संस्था रिटर्नी माईग्रेट, नेपालका पदाधिकारीले बैंकले सहुलियत दरमा कर्जा दिन ढिलाई गरिरहेको भन्दै असन्तुष्टि जनाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री