लुकाकु इन्टर इटालियन क्लब मिलानमा अनुबन्धित

एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड रोमेरो लुकाकु इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । बेल्जियममा फरवार्ड लुकाकुलाई इन्टरले ७४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । इन्टरसँग लुकाकुले पाँच वर्षको सम्झौता गरेका छन् ।

इन्टरले सामाजिक संजाल ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै लुकाकु अनुबन्ध गरेको जनाएको छ । यस्तै युनाईटेडले पनि एक विज्ञप्ति निकाल्दै इन्टरमा लुकाकुलाई सफलताको सुभकामना दिएको छ ।

२६ वर्षे लुकाकु सन् २०१७ मा एभर्टनबाट ७५ मिलियनमा युनाईटेड आएका थिए । युनाईटेडबाट उनले ९६ खेलमा ४२ गोल गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री