धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३ पुगेकाे छ भने १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार अहिलेसम्म ४ जनाकाे शव भेटिएकाे र सनाखत हुन बाँकी रहेकाे छ । साथै झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ । बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् ।
सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ ।
त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ। घाइतेलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।
तपाईंको प्रतिकृया




