धुर्मुस-सुन्तलीले गरे ‘सेन्टी भाइरस’को औपचारिक घोषणा

काठमाडौं । धुर्मुस-सुन्तलीले निर्माण गर्ने भनिएको सिनेमा ‘सेन्टी भाइरस’ औपचारिक घोषणा गरेका छन् । सिनेमाको एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको हो। चलचित्र रामबाबु गुरुङले निर्देशन गगर्दै छन् ।

३५ दिनको सुटिङ तालिका बनाइएको सिनेमा भदौ ३ देखि फ्लोरमा जानेछ। चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यको अभिनय रहनेछ ।

कुमार कट्टेल र दीपक आचार्यको लेखनमा निर्माण हुने सिनेमामा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after