काठमाडौँ । टोरन्टो प्लेअफमा क्यानडामा जारी ग्लोबल टी २० प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले आफ्नो तेस्रो खेलमा तिन विकेट लिन सफल भएका छन् । उनको यो तीन खेलमा तेस्रो विकेट हो ।
टोरन्टो नेश्नल्सका लागि सन्दीपले पुरै चार ओभर बलिङ गर्न भने पाएनन् । मोन्ट्रेल टाइगर्सविरुद्धको खेलमा सन्दीपले तीन ओभरमा २५ रन खर्चिएर एक विकेट लिन सफल भए ।
सन्दीपले टिमको पाँचौ तथा ब्यक्तिगत पहिलो ओभरमा नौ रन खाए । उनले पहिलो ओभरको अन्तिम दुई बलमा दुई चौका खान पुगेका थिए । त्यसपछि दोस्रो ओभरमा पनि उनले नौ रन नै खर्चिए ।
दुई ओभरमा सन्तोष जनक प्रदर्शन गरेका उनले तेस्रो ओभरमा राम्रो बलिङ गरे । जसमा उनले सात रन खर्चिएर विकेट लिन सफल भए । ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेपनि दोस्रो बलमा छक्का खाएका थिए ।
तर अर्को बलमा सन्दीपले उनलाई पेभेलियनको बाटो देखाए । त्यसपछि बाँकी तीन बलमा उनले एक रन मात्र खर्चिए । यो खेलमा टोरन्टो नेश्नल्सले टाइगर्सलाई ३५ रनले हराउँदै प्लेअफमा स्थान बनाउन सफल भएको छ । टोरन्टोले दिएको एक सय ९० रनको लक्ष्य पक्ष्याएको टाइगर्समात्र एक सय ५४ रनमा अलआउट भयो ।




