काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन म्यानचेस्टर सिटीले युभेन्टसका जोआओ कन्सेलोलाई अनुबन्धित गरेको छ । पोर्चुगिज राइट–ब्याक कन्सेलोलाई म्यानचेस्टर सिटीले इटालियन च्याम्पियन युभेन्टसबाट ६० मिलियन पाउण्डमा अनुबन्धित गरेको हो ।
सम्झौता अन्तर्गत म्यानचेस्टर सिटीका फुल–ब्याक डानिलो युभेन्टस गएका छन् ३४।१ मिलियन पाउण्डमा । २५ वर्षका कन्सेलोले सन् २०२५ को समरसम्म सिटीमा रहने गरी सम्झौता गरेका छन् ।
फरवार्ड तथा लेफ्ट–ब्याकमा पनि खेल्न सक्ने कन्सेलो सन् २०१८ को सिजनमा भ्यालेन्सियाबाट युभेन्टस आएका हुन् । त्यसअघि उनले एक सिजन लोनमा इन्टर मिलानमा बिताएका थिए ।
तपाईंको प्रतिकृया



