दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङ । मोटरसाइकलको ठक्करबाट दाङको देउखुरीमा एक बृद्धको मृत्यु भएको छ । गढवा गाउँपलिका ५ का करिब ६५ वर्षीय गंगाराम यादवको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।

लु ५ प ९७११ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । टाउको र खुट्टामा गम्भीर चोट लागेका यादवको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस