मोटर बाटो नभएको जग्गा धितो राखेर कर्जा लिन पाइने

काठमाडौं । मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

त्यस्तै, कृषि, उद्यम र व्यवसाय गर्नेहरुको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटरबाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा १२ फुटे मोटर बाटो नभएको जग्गा धितोको रुपमा स्वीकार गर्दैनन् थिए । राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय वृद्धि गर्न प्रवाह गर्ने १५ लाखसम्मको कर्जामा आधार दरमा थप २ प्रतिशतभन्दा बढी व्याज नदिन निर्देशन दिएको छ । यो व्यवस्था सँगै साना व्यवसायीले १२ देखि १३ प्रतिशत व्याजदरमा जुनसुकै बैंकबाट कर्जा लिन सक्ने छन् । यसअघि यस्तो प्रकृतिको कर्जामा बैंकहरुले १५ देखि १८ प्रतिशत व्याज लगाउने गरेका थिए ।

साथै, यस्तो कर्जा लिने ऋणिसँग बैंकहरुले कुनै पनि प्रकारको सेवा शुल्क लिन पाउने छैनन् । कर्जा भुक्तानी गर्ने भनि तोकिएको मिति अगाडी नै ऋणिले कर्जा तिरेमा त्यसमा अग्रिम भुक्तानी शुल्क लिन पनि नपाइने व्यवस्था गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds