नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् ।

खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो ।

साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री