बागलुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, ९ घरमा क्षति

बागलुङ । बागलुङको तमानखोलामा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुरिँदा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीय अन्ठारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । पहिरोले ९ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री