गोरखा । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । ७ हजार ६ सय २२ मत गन्दा भट्टराई २०७ मतले अघि छन् उनले ३ हजार ६ सय ७३ मत पाएका छन् भने श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् । मतपरिणामको टक्करले मतगणना रोचक बन्दै गएको छ ।

तपाईंको प्रतिकृया




