बेनी । हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्।
निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए।
त्यस्तै, प्रदेशसभामा क्षेत्र ख मा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङधावा गुरुङले २२५९ मत ल्याएका छन् ।
तपाईंको प्रतिकृया




