एनसीसी बैंकले साधारण सभा भदौ २३ गते

काठमाडौं । एनसीसी बैंकले बीसौं र एक्काइसौं वार्षिक साधारण सभा एकै साथ बोलाएको छ । बैंकले राष्ट्रिय सभा गृहमा भदौ २३ गते बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५.८९% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
एनसीसी बैंकले हाल कायम चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँको १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ । साथै कम्पनीले एफपीओ निष्काशनको व्यवस्था गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने छ । त्यस्तै, साधारण सभाले बैंक सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।
यसैगरी, साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान सञ्चालक समितिलाई अख्तियारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ (आइतबार) बुक क्लोज गर्ने भएको छ । जस अनुसार साउन २३ गते (बिहीबार) सम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप