सिद्धार्थ बैंकको खुद नाफा २१.२५% ले बढ्यो

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा २ अर्ब ३० करोड ८८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा भन्दा २१.२५% ले बढी हो ।
अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड ४० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चौथो त्रैमाससम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १ अर्ब ६५ करोड २० लाख १८ हजार रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्मा बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष १२.२८% ले बढेर ४ अर्ब ४१ करोड ४८ हजार ५८ रुपैयाँ पुगेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी १४ पैसाले बढेर २६ रुपैयाँ ५९ पैसा पुगेको छ । सिद्धार्थको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ७७ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री