काठमाडाैँ । भिनेत्री दिया मिर्जा र उनका श्रीमान् साहिल सांघाले सम्बन्ध विच्छेद गर्ने भएका छन्। उनीहरूले ११ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका हुन्।
यो समाचारले धेरैलाई आश्चर्यमा पारेको छ। यसअघि उनीहरूबीच खटपट भएको कुनै समाचार बाहिर आएका थिएनन्। उनीहरूले सामाजिक सञ्जालबाट सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्। उनीहरूले भविष्यमा असल साथी रहिरहने उल्लेख गरेका छन्।
तपाईंको प्रतिकृया




