काठमाडौं । कक्षा १२ को पुरक परीक्षा आउँदो भदौ २२ गते आइतबारदेखि हुने भएको छ। केहिदिन अघि कक्षा १२ को नतिजा प्रकाशन गरेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कम ग्रेड आएका विद्यार्थीको ग्रेड वृद्धिका लागि पुरक परीक्षा लिन लागेको हो। भदौ २२ गते आईतबार र सोमबार गरी दुई दिन सम्म परीक्षा सञ्चालन गर्ने बोर्डले आज सुचना निकालेर जानकारी गराएको हो।
विद्यार्थीहरुले भदौ २२ गते आईतबार अनिवार्य अंग्रेजी र एक बिषयमा मात्रै परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन्। दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोहि दिन लिने बोर्डले जनाएको छ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि विद्यार्थीले परीक्षा दिने विषयहरुमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा भदौ २३ गते लिने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ११ सुरु भई दिउँसो २ बजेसम्म चल्नेछ।





