फाइल फोटो

दोलखाको गौरीशंकरमा पहिरो : एक जना बेपत्ता, १० घर भत्किए

दोलखा । गौरीशंकर गाउँपालिकामा पहिरो खसेर घर भत्किँदा एक जना सम्पर्कविहीन भएका छन् ।

शुक्रबार राति साढे ११ बजेतिर गौरीशंकर गाउँपालिका–१ जुगुमा रहेको झगडे गाउँमा पहिरो खसेर १० वटा घर भत्किँदा आफन्तकोमा आएका जगतबहादुर खत्री सम्पर्कविहीन हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

अरुले भागेर ज्यान जोगाएका छन् । १० मध्ये ९ वटा घर बस्नै नमिल्ने गरी भत्किएको स्थानीयले बताएका छन् । खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो गएकाले प्रहरीको टोली प्रभावित ठाउँमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुन सक्रिय भएन, अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा …

प्रतिकृया दिनुहॊस